करियर विल्डिङ्ग एनप्याब्सन फुटबल च्याम्पियन

करियर बिल्डिङ्ग इन्टरनेशनल एकेडेमी १९ वटा विद्यालयलाई पछि पार्दै पहिलोपटक मै काठमाडौं जिल्लाव्यापी एनप्याब्सन फुटबल च्याम्पियन बनेको छ । 
राष्ट्रिय नीजि तथा आवाशिय विद्यालय संगठन एनप्याब्सनको पहिलो खेल महोत्सव अन्र्तगत पेप्सीकोला टाउनप्लानिङ्गस्थित खेलमैदानमा आयोजित छात्र फुटबलको उपाधि १–० गोलको अन्तरले जितेपछि करियर टीम च्याम्पियन बनेको हो  । प्रतियोगितामा कठमाडौं जिल्लाका २० वटा विद्यालय टीमले भाग लिएका थिए ।
फाईनल खेलमा करियरले दिक्षान्त एकेडेमीलाई १–० गोलको रोमाञ्चक जित निकाल्यो । करियरका सुजन भट्राईले पहिलो हाफको १४औं मिनेटमा गरेको एक मात्र गोलनै च्याम्पियनको उपाधि जित्नका लाग निर्णायक गोल बन्यो । विजेता टिम करियरका सास्वत सत्यालले प्रतियोगिताको उत्कृष्ट गोलकिपरको उपाधि जितेका थिए ।
मंगलबारनै भएको सेमिफाईनल खेलमा कप्तान समेत रहेका सुजन भट्राईले भिमेश्वर एकेडेमी बिरुद्ध २ गोल गदै टिमलाई फाईनलमा पुर्याएका थिए ।